४४० जना कोरोना संक्रमित थपिए, ६ जनाको निधन |
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ४४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार ५ हजार ४०७ पीसीआर परीक्षणमध्ये ३८७ जनामा र एक हजार ४०७ एन्टिजेन परीक्षणमध्ये ५३ जनामा संक्रमण पाइएको हो ।
मन्त्रालयको नियमित अपटेड अनुसार बुधबार संक्रमणका कारण ६ जनाको निधन भएको छ । तर सोहि समयमा कोभिड १९ जितेर डिस्चार्ज हुने संख्या ४७४ रहेको छ ।
आज काठमाडौंमा १५५ जना, ललितपुरमा ३२ जना र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन । सो संख्याका आधारमा उपत्यकामा थपिएका संक्रमितको संख्या २०२ छ । हाल नेपालमा सात हजार ५१९ जना सक्रिय संक्रमित रहेका छन् ।


