बैंक अफ काठमाण्डूका कार्ड बाहक ग्राहकलाई ३५ सयसम्म छुट |
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले दराजको ११.११ योजनामा रु. ३,५०० सम्म छुट पाउने भएका छन् ।
पछिल्लो समय ग्राहक महानुभावहरुमा प्रबिधिको प्रयोग गरि अनलाइन मार्फत आफुलाई आवश्यक विभिन्न सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहक महानुभावहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु.३,५०० सम्मको विशेष छुटको योजना ल्याएको हो ।
जस अन्र्तगत दराजको ११.११ योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् रु ३,५०० सम्मको छुटको सुबिधा उपयोग गर्नसक्नेछन् ।
बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्नेलाई १५ प्रतिशत वा अधिकतम रु. ३,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम रु.३,५०० सम्म छुटको पाउने बैंकले जनाएको छ ।


