नबिलको “नयाँ लुगा” नामक सन्देशमूलक भिडियो सार्वजनिक |
काठमाडौं । नबिल बैंकले गत वर्ष तयार पारेको दसैँ भिडियोको सफलता पश्चात् यो वर्ष पनि “नयाँ लुगा” नामक दसैँको भिडियो सार्वजनिक गरेको छ ।
यस नयाँ भिडियो नेपालीहरुको महान चाड दसैँ मनाउन शहरमा बसोबास गर्ने र दसैँ मनाउन गाउँ फर्कने कथामा आधारित छ ।
यसैगरी दसैँको यस भिडियोले सकभर दसैँमा आफ्नो परिवारसँग भेटि सुरक्षित साथ खुशी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा बैंकको छ ।



