उद्योग संगठन मोरङद्धारा औद्योगिक-शैक्षिक सम्वाद कार्यक्रमको आयोजना |
विराटनगर । औद्योगिक तथा शैक्षिक क्षेत्र वीचको अन्तरसम्वाद अभिवृद्धि गरी अध्ययन अनुसन्धानका माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा थप योगदान पुर्याउने अभिप्रायका साथ उद्योग संगठन मोरङ अन्तर्गतको स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रको आयोजनामा इकोनोमिक ग्रोथ – आउटवर्ड भर्सेस इनवार्ड ओरिएन्टेशन विषयक कार्यक्रम मिति २०७८ असोज २० गते सम्पन्न गरेको छ ।
कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योग संगठन मोरङ स्व. महेन्द्र गोल्छाले देखाएको बाटोमा अघि वढेको वताउदै मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक र शैक्षिक क्षेत्र वीचको अन्तर सम्वादलाई घनिभूत वनाउदै अध्ययन अनुसन्धानका क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने वताए । उनले दुवै क्षेत्र वीचको निरन्तर सम्वादले औद्योगिक र शैक्षिक क्षेत्रलाई नजिक्याउदै आर्थिक विकासको सन्दर्भमा नया आयामहरु थपी औद्योगिक क्षेत्रको माग अनुरुपको जनशक्ति उत्पादनलाई वढावा दिने वताए ।
कार्यक्रमका उद्योगी नविन पोद्दारले अन्ठावन्न मुलुकको आर्थिक तथ्यांकलाई विश्लेषण गरि तयार पारेको अनुसन्धान रिर्पोट आउटवर्ड भर्सेस–इनवार्ड ओरिएन्टेशन विषयक कार्यपत्र प्रस्तुत गर्दै आयात प्रतिस्थापन गर्दै निर्यातलाई वढावा दिएका मुलुकले आर्थिक सम्पन्नता प्राप्त गरेको वताए । उनले आन्तरिक वजारमा स्वदेशी वस्तुको प्रवद्र्धन गरी तुलनात्मक लाभ र मूल्य अभिवृद्धि हुने वस्तुको पहिचान गरी निर्यात प्रोत्साहनको नीतिलाई अंगिकार गरेका राष्ट्रहरु दु्रत गतिमा आर्थिक प्रगति तर्फ उन्मुख भएको आफनो अध्ययनका आधारमा औल्याए ।
कार्यक्रमका प्रदेश नं. १ का प्रमुख सचिव रामप्रसाद घिमिरेले सरकार, नीजि क्षेत्र र विश्वविद्यालयको त्रिपक्षीय साझेदारीको आवश्यकता जोड दिदै उच्च मूल्य अभिवृद्धिको सम्भावना भएका वस्तुहरुको पहिचान गरी आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी वनाउनु पर्नेमा जोड दिए । औद्योगिक विकासले राष्ट्रलाई आर्थिक रुपमा सबल वनाउनुका साथै रोजगारीका नया अवसरहरुको समेत सिर्जना गर्ने भएकाले सम्वन्धित सबैपक्षले हातेमालो गरी अगाडी वढनुपर्ने सुझाव प्रमुख सचिव घिमिरेले दिए । प्राध्यापक डक्टर प्रमोद कुमार झा ले न्यायसंगत आर्थिक विकासलाई अगाल्दै अध्ययन अनुसन्धानका आधारमा नया सम्भावना खोजी आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन अनुसन्धान केन्द्रका संयोजक प्राध्यापक डा. विजुथपलिया, सदस्य युक्ति गोल्छा, सदस्य सचिव चुडामणि भट्टराई, फोकल पर्सन प्रीति कोईराला भट्टराईका साथै उद्योगी÷व्यवसायी, प्राध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


