एनएमबि बैंकको मुद्धती निक्षेपमा ९.५२% को आकर्षक योजना |
काठमाडौं । एनएमबि बैंकले मुद्दती निक्षेपमा ९.५२% को आकर्षक योजना ल्याएको छ ।
हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेको जनाएको छ । नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९.५२% बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्नेछ ।
एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमा रही खाता खोली कारोवार गर्न सक्नेछन् । भीकेवाईसी मार्फत ग्राहकहरुले अनलाइन खाताको शुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाइकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने बैंकले जनाएको छ ।


