गत वर्षको ‘हुन्डाई फेस्टीभ डिलाइट २०७७’ विजेताले पाए गाडी |
काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको चाडवर्प स्किम ‘यसपालिको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी दुई जना विजेतालाई गाडी हस्तान्तरण गरेको छ ।
कम्पनीले ग्राहकहरु मध्येबाट ग्रान्डआई१० नियोस म्याग्ना विजेता कुपन नम्बर १४४५ का श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटा (कुपन नम्बर १६१७) लाई गाडीको साँचो हस्तान्तरण गरेको हो ।
कोभिड १९ को दोस्रो लहरको कारण केही ढिलागरी भएको लक्की ड्रमार्फत विजेता चुनिएका थिए ।
साथै, इन्टरकन्टिनेन्टलले भदौ २४ गते बिहीबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ पनि ल्याएको छ । यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्किम पाउने कम्पनीले जनाएको छ ।


