एनएमबि बैंक ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधीबाट सम्मानित |
काठमाडौं । एनएमबि बैंक सिंगापुरको एशियन बैंकिङ्ग एन्ड फाइनान्स पत्रिकाले पुरस्कृत गर्ने कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङ्ग अवार्ड अन्तर्गत ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एन्ड फाइनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको हो ।
अन्तर्राष्ट्रिय वित्त निगमसँगको सम्झौता अन्तर्गत एनएमबि बैंकले वित्त निगमद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्नेछ । एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ्ग र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको हो ।
एनएमबि बैंक हाल कार्वन एकाउन्टिङ फाइनान्सियल समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखी ग्लोबल एलायन्स फर बैंकिङ्ग अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंक वातावरण मैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडी बढ्न थप प्रोत्साहन मिलेको बताए ।


