महासंघका सल्लाहकार शाक्यलाई पत्नी शोक |
काठमाडौं । नेपाल सुनचाँदी ब्यबसायी महासंघका सल्लाहकार, सुनचाँदी ब्यवसायी संघका पुर्व अध्यक्ष एवं यस महासंघका निवर्तमान विशिष्ट सदस्य तेजरत्न शाक्यको जीवन संगिनी श्रीमति मीनादेवी शाक्यको २०७८ भदौ १२ गते शनिबार दुखद निधन भएको छ ।
विगत केही समय देखि स्वास्थ्यमा समस्याआई उपचार गराइरहनुभएकी मीनादेवी शाक्यको शनिबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको हो ।
उनको मृत्युको खबरले सिङगो सुनचाँदी ब्यवसायी महासंघ स्तब्ध र अत्यन्त मर्माहत भएको छ । महासंघले यस दुखद घडीमा स्वर्गिय आत्मामा भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन एवं शुभचिन्तक सवैमा शोकलाई शक्तिमा परिणत गर्ने साहस मिलोस भन्ने कामना सहित सम्पूर्ण महासघं परिवारको तर्फवाट हार्दिक समवेदना ब्यक्त गरेको छ ।


