भ्याली एक्सप्रेसको छैठौं शाखा चाबहिलमा |
काठमाडौं । भ्याली एक्सप्रेसले चावहिलको ‘के एल टावर’मा शाखा खोलेको छ। यो सँगै देशभर भ्याली एक्सप्रेसको शाखा ६ पुगेको छ। कोभिड महामारीको अवस्थामा स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पालना गरी टेक अवे र होम डेलिभरी सेवा दिइने कम्पनीले जनाएको छ।
भ्याली एक्सप्रेसका अन्य शाखाहरुले पनि ‘टेक अवे’ र ‘होम डेलिभरी’ मार्फत मात्र आफ्ना परिकारहरु उपलब्ध गराउँदै आएको छ।
६ वर्षअघि चितवनबाट सुरु भएको भ्याली एक्सप्रेसका शाखाहरु काठमाडौंमा बिस्तार भएको थियो। हाल भ्याली एक्सप्रेस काठमाडौंका मुख्य क्षेत्रहरुमा स्थापना भएका आउटलेटबाट ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका परिकार उपलब्ध गराउँदै आएको छ।
बि सं २०४१ सालदेखि मासुजन्य ब्यापार गर्दै आएको भ्याली कोल्ड स्टोर प्रा लि (भ्याली ग्रुप) ३१ वर्षपछि फाष्टफुडको ब्यापारमा प्रवेश गरेको थियो ।
कम्पनीले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकिकृत रुपमा सञ्चालन गरिरहेको छ ।
भ्याली ग्रुपमा अहिले मासुजन्य व्यापारसंग सम्वन्धित देशका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योगहरु, आधुनिक वधशाला र फाष्ट फुड चेनहरु सञ्चालनमा छन् ।


