घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा |
बुटवल । रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स ‘भोज’ले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ ।
हाल बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्ट भोजसँग जोडिएका छन् भने अन्य रेस्टुरेन्ट पनि भोजसँग जोडिने भोजले जनाएको छ ।
काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने भोजका संचालक निकेत अग्रवालले जानकारी दिए ।
भोजको पेमेन्ट पार्टनर इसेवा र फोनेपेबाट भुक्तानी गर्दा ग्राहकहरुले २५ प्रतिशतसम्म छुट पाउने बताइएको छ ।
भोजले काठमाडौंका ग्राहकहरुलाई जसरी नै बुटवल र भैरहवामा पनि नयाँ नयाँ अफर सार्वजनिक गर्ने अग्रवालले बताए । उपत्यका बाहिर पहिलो पटक सेवा सुरु गरेको भोजले केही दिनमै भैरहवामा पनि सेवा दिने संचालक निकेत अग्रवाल बताउँछन् ।
कोभिड १९ को जोखिम कम गर्न सुरक्षाको मापदण्ड अपनाएर मनपर्ने खाना ग्राहकको घर तथा कार्यालयमै डेलिभरी गर्ने भोजले जनाएको छ ।
ग्राहकहरूले इसेवा, फोनपे, आइएमर्इ पे, कनेक्ट आइपीएस, खल्ती, क्रेडिट र डेबिट कार्ड जस्ता डिजिटल पेमेन्टको सुविधा प्रयोग गर्न सक्नेछन् । विदेशमा बसेका नेपालीहरुले आफन्तका लागी पनी अर्डर गर्न सक्ने भोजले जनाएको छ।


