बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस कार्ड सुविधा |
काठमाडौं । बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
नियर फिल्ड कम्युनिकेसन (एनएफसी)मा आधारित उक्त कार्ड ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी ग्राहकले भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरी वा पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिनेछ । हाललाई यस प्रविधिमार्फत ग्राहकले प्रतिकारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।


