अलोफ्ट काठमाडौं ठमेल र टेडएक्स दरबारमार्ग बीच सम्भौता |
काठमाडौं । अलोफ्ट काठमाडौं ठमेल र टेडएक्स दरबारमार्ग बीच सम्झौता हस्ताक्षर भएको छ । टेड्का सबै कार्यकमहरु अलोफ्ट काठमाडौं ठमेलको सहकार्यमा मेरियट इन्टरनेशनलले गर्ने भएको छ । साथै, कार्यक्रमहरुको शीर्षक प्रायोजक र आधिकारिक होटलको रूपमा मैरियट इन्टरनेशनलको हिस्सा हुनेछ।
उक्त सम्झौतामा अलोफ्टका महाप्रबन्धक विक्रम सिंह र टेड्का प्रबन्ध निर्देशक सुदीप रौनियारले हस्ताक्षर गरेका छन् ।
टेड एक गैर मुनाफा विचारहरुको प्रचार प्रसारको लागि समर्पित छ, सामान्यतया छोटो र शक्तिशाली टकका लागि (१८ मिनेट वा कम)। यो एक सम्मेलनको रूपमा शुरू भयो जहाँ टेक्नोलोजी, मनोरन्जन र डिजाइन कभर गरीएको थियो र आज विज्ञानबाट बिजनेससम्म १०० भन्दा बढी भाषाहरुमा विश्वका सबै विषय र मुद्दाहरुलाई समेट्छ।
“आइडिया वर्थ डुइङ” को नारा लिएको टेड्दरबारमार्ग नेपालको सबैभन्दा ठूलो स्वतन्त्र रूपमा संगठित टेड् कार्यक्रम । पछिल्लो साढे दुई वर्षमा उनीहरुले ८ भन्दा बढी वार्ता र ३५ ईभेन्ट, जसमा एएल गोर, उरसला भाउनडर लेयन जस्ता ९० भन्दा बढी विश्वका शक्तिशाली वक्ताहरुले बोलेका छन्।
‘ टेड् टक एक अन्तर्राष्ट्रिय संगठन हो जसले मानिसहरुको विश्वव्यापी सम्बन्ध सुनिश्चित गर्दछ, जसमा उनीहरु आफ्नो भित्री विचार र जीवनका अनुभवहरुलाई साझा गर्न सक्छन् । हामी यस पहलको एक हिस्सा हुन पाउँदा गर्व गर्दछौ,’ महाप्रबन्धक सिंहले भने,’ अलोफ्ट काठमाडौंले ठमेल टेड् परिवारसँग अझै बलियो सम्बन्ध निर्माण र विश्व समुदायमा एक प्रमुख सहभागीको रूपमा नेपाललाई बढावा दिनको लागि एक विश्वव्यापी मञ्चको रूपमा सेवा गर्नको लागि तत्पर छ । यसले व्यक्ति र वक्ताहरुलाइ आफ्नो अनुभव र विचार बाड्न र समुदायसंग जोडिन सुरु गरिरहेको छ ।’


