सोमबार सुन र चाँदी दुबैको भाउ सामान्य घट्यो |
काठमाडौं । साउन ३२ गते, सोमबार सुन र चाँदी दुबैको भाउ सामान्य घटेको छ। यस दिनबार सुनको भाउ तोलामा १०० रुपैयाँले र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।


