चेम्बरमा कर, राजश्व तथा भन्सार समिति गठन |
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य पर्शुराम दाहालको सभापतित्वमा चेम्बर अन्तर्गत कर, राजश्व तथा भन्सार समिति गठन गरेका छन् ।
मंगलबार मल्लले दुई जना सह-सभापति र ९ जना सदस्यहरुसहितकाे कर, राजश्व तथा भन्सार समिति गठन गरेका हुन् ।
समितिकाे सह-सभापतिमा टिकाराम शर्मा ढुंगेल मदनलाल मित्तल र सदस्यहरुमा नयन पंडित क्षेत्री, पुष्कर भुर्तेल, शिशिर गौतम, नरेन्द्र कुमार गुप्ता, राजिव पोखरेल, अरुण राउत, गोपाल अग्रवाल, सिताराम अग्रवाल र प्रभु अधिकारी रहेका छन् ।
समितिमा नेपालको कर, राजश्व तथा भन्सार क्षेत्रमा लामो अनुभव हासिल गरेका प्रतिनिधित्व भएकोले चेम्बरको कर, राजश्व तथा भन्सार क्षेत्रका संभाव्य नीति निर्णय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राखेकाे मल्लले बताएका छन् ।

