मेलम्चीका बाढिपीडितलाई विश्व हिन्दू परिषद नेपालको सहयोग |
काठमाडौं । समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीबासी प्राकृतिक प्रकोपका कारण थप संकटमा परेको छ । पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ ।
मेलम्ची नदीमा मिति २०७८ असार १ गते मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार बेघर भएका छन् । बाढीले ठूलो जनधनको क्षति भएको छ । यस प्राकृतिक आपतका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लब अफ काठमाडौं, समर्पणले राहत एवं उद्धार सुरु गरेका छन् ।
विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ समर्पणका संयुक्त राहत टोलीले शनिबार मेलम्चीका बाढिपीडितलाई सहयोग एवं राहत स्वरुप निम्न सामग्रीहरु उपलब्ध गराएको छ ।
- 1. चामल १० किलो
- 2. दाल २ किलो
- 3. तेल १ लिटर
- 4. चना २ किलो
- 5. सोयाबिन २०० ग्राम
- 6. चिउरा २ केजि
- 7. नुन १ पाकेट
- 8. बेसार १ पाकेट
- 9. मिक्स मसला १ प्याकेट
- 10. खुर्सानी १ प्याकेट
- 11. चाउचाउ १० प्याकेट
- 14. मच्छर धुप


