सेक्युरिटी गार्ड र सफाई श्रमिकका लागि खोपको व्यवस्था गर्न माग |
काठमाडौं । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सुरक्षा (सेक्युरिटी) गार्ड तथा सरसफाई क्षेत्रका श्रमिकहरुलाई कोभिड विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ ।
यो क्षेत्रका श्रमिकहरु उच्च जोखिममा रहेका कारण उनीहरुलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउन युनियनले माग गरेको हो ।
उनीहरुलाई कार्यास्थलमै खोपको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ । जोखिम मोलेर काममा खटिएका सेक्युरिटी गार्ड तथा सरसफाई श्रमिकहरुलाई जोखिम भत्ताको व्यवस्था हुनुपर्ने युनियनको जोड छ ।
त्यस्तै सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनको वातावरण मिलाउन समेत युनियनले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
कार्यान्वयन नभए आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने युनियनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


