चिनियाँ कोरोनाभ्याकलाई नेपालमा आपतकालिन प्रयोगका लागि विभागले दियो अनुमति |
काठमाडौं । औषधि व्यवस्था विभागले चिनियाँ कोरोनाभ्याक खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको सिनोभ्याक खोपलाई अनुमति दिइएको विभागले जनाएको हो ।
चीनकै सिनोफार्म कम्पनीद्धारा उत्पादन भएको भेरोसेल खोप नेपालले प्रयोगमा ल्याइसकेको छ । शुक्रबार विभागले सो खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको हो ।
नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले खोपका लागि पेस गरेको कागजातका आधारमा प्रयोगका लागि अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ । चीनमा उत्पादन भएका भेरोसेल र कोरोनाभ्याक खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।


