काठमाडौं उपत्यकामा थपिए १,३८४ जना संक्रमित |
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएका छन् ।
शुक्रबार देशभर थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु् भएको छ ।
Visited 1 times, 1 visit(s) today


