सिलगढीमा कृषि थोक बजार स्थापना गरिने |
काठमाडौं । सरकारले जिल्ला सदरमुकाम सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८∕०७९ का लगि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिल्ला सदरमुकाम सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने बताए ।
यसैगरी सरकारले यहाँको पश्चिम सेती परियोजना, बिपीनगर–दिपायल सुरूङ मार्ग, दिपायलमा वायु गुणस्तर मापन केन्द्र स्थापना तथा प्रमुख पर्यटकीयस्थल खप्तडको विकासका लागि बजेट विनियोजन गरेको छ ।


