विभिन्न उत्तर दक्षिण जोड्ने सडक करिडोरका लागि ६ अर्ब ५० करोड बजेट |
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विभिन्न उत्तर दक्षिण जोड्ने सडक करिडोरका लागि ६ अर्ब ५० करोड विनियोजन गरेका छन् । यस्तै पूर्व पश्चिम राजमार्गबाट तराईका १८ जिल्लाका सदरमुकाम पुग्ने बाटो ४ लेनको बनाउन २ अर्ब ६६ करोड विनियोजन गरेका छन् ।
अरनिको राजमार्गको धुलीखेल कोदारी खण्ड स्तरोन्नती तथा सुधारका लागि १ अर्ब १३ करोड बिनियोजन गरेका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।


