विद्युतीय सवारीचालक अनुमति पत्र जारी गर्ने तयारी |
काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष भित्रै काठमाडौं उपत्यकामा साझा यातायात मार्फत विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८∕०७९को बजेट प्रस्तुत गर्दै विद्युतिय बस सञ्चालन गरिने बताएका हुन ।
त्यस्तै लामोदूरीमा विद्युतिय बस चलाउनेलाई विभिन्न सहुलियत दिने मन्त्री पौडेलले जानकारी दिए । उनका अनुसार विद्युतिय सवारीचालक अनुमति पत्र जारी गर्ने तयारी रहेको छ ।
साथै आगामी आर्थिक वर्षमा विभिन्न स्थानमा निजी क्षेत्रको ५०० वटा चार्जिङ स्टेसन र टर्मिनल भवन निर्माण गरिने उनले जानकारी दिए ।


