विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजमा कर्जा |
काठमाडौं । सरकारले वैकल्पिक शिक्षालाई सहयोग पुग्ने गरी ल्यापटप खरिदमा सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
आर्थिक वर्ष २०७८∕७९ को बजेटमार्फत् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसको उच्च माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि कर्जा उपलब्ध हुने जानकारी दिए ।
सरकारले ८० हजार रुपैयाँसम्मका ल्यापटप एक प्रतिशत ब्याजदरमा दुई वर्षको अवधि रहने गरी कर्जा उपलब्ध गराउने जनाएको छ ।


