काठमाडौं । संघीय संसद भवन निर्माण गर्नका लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८∕७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन् । संघीय संसद भवन सहित सभाहल, सम्मेलन हल निर्माणका लागि उक्त रकम छुट्टयाएको उनले बताए ।