निजामति कर्मचारीको भत्ता दुई हजार रुपैयाँले बढ्यो |
काठमाडौं । सरकारले निजामति कर्मचारीको भत्ता दुई हजार रुपैयाँले बढाएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।
कोभिड १९ ले गर्दा अर्थतन्त्रमा नराम्रो असर परिरहेको सरकारले कर्मचारीको तलब वृद्धि गर्न भने नसकिएको जनाएको छ ।
तलब वृद्धि गर्न नसकिएपछि सरकारी सबै कर्मचारीहरुलाई प्रोत्सहान स्वरुप २ हजार रुपैयाँ भत्ता बढाएको मन्त्री पौडेलले जानकारी गराए ।
यस्तै उनले सरकारी कर्मचारीहरुको १० लाख रुपैया बराबरको समुहिक दुर्घटना बीमा र १ लाख रुपैयाँ सम्मको स्वास्थ्य बीमा सेवा निशुल्क उपलब्ध गराउने पनि जनाएको छ ।


