कोरोनाबाट अति प्रभावित व्यवसायको आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने |
काठमाडौं । सरकारले कोभिडबाट अति प्रभावित व्यवसायहरुको आयकरमा छुट दिने भएको छ ।
आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटमा कोभिड १९ बाट अति प्रभावित होटल, ट्राभल, टेकिङ, यातायात, हवाई, चलचित्र क्षेत्र र सञ्चार गृहको करयोग्य आयमा १ प्रतिशतमात्रै आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्याइएको छ ।
वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार भएका कर दातालाई ७५ प्रतिशत र वार्षिक ५० देखि १ करोडसम्म कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिने व्यवस्था गरिएको छ।
आर्थिक वर्ष २०७५∕७६ सम्मको वार्षिक विवरण नबुझाएका र नविकरण नगरेका कम्पनी तथा फर्मले २०७८ असोजभित्र जरिवानाको १० प्रतिशत शुल्क बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिइने भएको छ ।
मूल्य अभिबृद्धि र अन्तशुल्क बक्यौता रहेको २०७६ असार मशान्तसम्मको कर रकम र ब्याज रकम २०७८ पुस मशान्तभित्र दाखिला गरेमा शुल्क जरिवना तथा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ ।
अक्सिजन सिलिन्डर लगायतका सामान आयात, उत्पादन र आयात तथा विक्री वितरणमा लाग्ने भन्सार महशुल अन्तशुल्क र मूल्य अभिबृद्धि कर २०७८ पुस मशान्तसम्म छुट गरिएको छ भने विद्युतीय सवारी साधनको आयातमा अन्तशुल्क पुर्ण खारेज गरिएको छ भने भन्सार महशुल समेत घटाइएको छ ।


