कैलालीमा जेठ २० सम्म निषेधाज्ञा लम्बियो |
कैलाली । कैलालीमा जेठ २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो ।
कैलालीमा वैशाख १६ गते जारी भएको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । स्थानीय प्रशासनले जारी गरेको आदेशअनुसार अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था∕संस्थान, बीमा लगायतका सेवा निषेधाज्ञा अवधिभर बन्द रहनेछन् ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री लगायत अत्यावश्यक सामग्रीका पसलबाहेक अन्य पसल∕व्यवसायहरु बन्द रहने र खाद्य सामग्री, तरकारी, फलफूल पसल∕व्यवसायहरु हरेक मंगलबार, बिहीबार र शनिबार गरी हप्ताको तीन दिन बिहान ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण रुपमा पालना गर्ने गरी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।
यस अवधिमा अत्यावश्यक मालसामान ढुवानीका साधनबाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
खाद्य सामग्री, ग्रोसरी, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चापलन गर्दा नेपाल सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डहरूको कडाईका साथ पालन गरेर मात्र सञ्चाालन गर्न पनि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
अत्यावश्यक उपभोग्य सामग्रीहरुको कृत्रिम अभाव देखाई मूल्यबृद्धि गर्ने, कालोबजारी वा जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध सिर्जना गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कडा कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।
यस्तै, अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा एकजना कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन सञ्चावलनमा जेठ १४ गतेदेखि जेठ २० गते राति १२ बजेसम्म रोक लगाउने निर्णय पनि जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको छ ।
अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, दूध तथा दुग्धजन्य पदार्थ, खानेपानी, फोहोरमैला व्यवस्थापन, दूरसञ्चार, इन्टरनेट, आइसोलेशन र क्वारेन्टाइनका सवारी साधनहरु स्पष्ट खुल्ने ब्यानर वा कागजातका आधारमा सञ्चासलन गर्न सकिने जनाइएको छ ।
सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाका सवारी साधनको हकमा कार्यालय आवतजावतका लागि मात्र प्रयोग गर्ने गरी बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म सञ्चाहलन गर्न पाइने स्थानीय प्रशासनले जनाएको छ । अन्य अत्यावश्यक काममा सरकारी सवारी साधनको प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पासका आधारमा सञ्चायलन गर्न पाइने जनाइएको छ ।
विकास निर्माण आयोजनाका हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएरमात्र सञ्चामलन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले प्रस्ट पारेको छ ।
निर्माण सामग्रीका लागि प्रयोग हुने सवारी साधनहरु राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चाालन गर्न पाइनेछ भने जिल्ला प्रशासन कार्यालयबाट यसअघि जारी गरिएका सम्पूर्ण पासहरु रद्द गरिएको पनि जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जनाएको छ ।
यस्तै, अस्पताल आउने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने अवस्थाका लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनुपर्ने व्यवस्था गरिएको छ ।
कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, डान्स बार, सपिङ्ग मल, मनोरञ्जीन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय आदि सञ्चाीलन गर्न पाइने छैन भने विवाह÷ब्रतबन्धको हकमा जनस्वास्थ्यका सबै प्रोटोकल र मापदण्डहरु पालना गर्ने गरी बढीमा ७ (सात) जनासम्म मात्र भेला हुने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्न पाइने व्यवस्था लागू गरिएको छ ।
विवाह÷ब्रतबन्धमा एउटा मात्र सवारी साधन (बेहुला बेहुली समेत) प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्न पाइने तथा पुजारीबाट हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चाथलन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले प्रस्ट पारेको छ ।
आवतजातका सम्बन्धमा
औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु तथा सेवा खरिद गर्दा वा प्राप्त गर्दा बाहेक घर बाहिर ननिस्किन, घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको दुरी कायम गर्न पनि प्रशासनले सबैलाई आग्रह गरेको छ ।
Visited 1 times, 1 visit(s) today


