हिमालयन बैंकको नाफामा गिरावट |
काठमाडौं । हिमालयन बैंक लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा गिरावट देखिएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.४५ प्रतिशत कम हो ।
खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी पनि घटेका कारण खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.४५ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ४.७४ प्रतिशत र सञ्चालन मुनाफा ३९.०८ प्रतिशत घटेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १६ रुपैयाँ ९० पैसा घटेर १६ रुपैयाँ ६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३२.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ६.६२ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.५७ प्रतिशत र कर्जा १९.५० प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.३० प्रतिशतविन्दु घटेर ०.८१ प्रतिशतमा झरेको छ ।


