भायानेटको भाइबर च्याटबट सेवा सञ्चालनमा, अब मोबाइलबाटै जिज्ञासाको सामाधन |
काठमाडौं । भायानेटले भाइबर च्याटबट सेवा सञ्चालनमा ल्याएको छ ।
भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञाषा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्नेछन् ।
भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाट भाइबर च्याटबट मार्फत तुरुन्तै पाउन सकिन्छ ।
