दराजका फ्रन्टलाइन कर्मचारीलाई कोरोना खोप दिन सुरु |
काठमाडौं । नेपालको अनलाइन शपिङ बजार दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्ना कर्मचारीलाई कोभिड–१९ खोप दिन सुरु गरेको छ ।
कम्पनीले गत २ हप्ताको अवधिमा देशभरका विभिन्न सहरहरुबाट कर्मचारीहरुलाई काठमाडौं ल्याएर खोप लगाई फिर्ता पठाएको कम्पनीले जनाएको छ ।
दराजका कर्मचारीलाई मात्र नभई उनको परिवार तथा समुदायलाई पनि सुरक्षित राख्न मद्धत पुग्ने विश्वासका साथ खोप लगाउने व्यवस्था मिलाइएको दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए । कोभिड-१९ को महामारी सुरु भएदेखि ई-कमर्स कम्पनी र उनका सम्बन्धित फ्रन्टलाइन कर्मचारीहरुले ग्राहकलाई आवश्यक पर्ने सामान सजिलैसँग घरमै पुर्याउँदै आएको उनले बताए । कम्पनीका लागि फ्रन्टलाइन कर्मचारी एक महत्वपूर्ण हिस्सा भएका कारण कोरोनाको जोखिमबाट बचाउन खोप लगाउने व्यवस्था गरिएको उनले बताए ।
खोप लगाउनु भनेको भाइरसबाट आफूलाई मात्र जोगाउनु नभई आफ्नो परिवार, साथीहरू र सहकर्मीहरूलाई नि जोगाउनु रहेको हब सुपरभाइजर विशाल श्रेष्ठले बताए ।


