कोका–कोलाको १७५ एमएल नयाँ ग्लास बोतल मात्र रु २५ मा |
काठमाडौं । कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । कोका–कोलाले यसको मूल्य मात्र २५ रुपैयाँ तोकेको छ ।
नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरूका लागि डिजाइन गरिएको कम्पनीले बताएको छ । यो बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरूसँग गहिरो सम्बन्ध निर्माण गर्ने कम्पनीको विश्वास छ ।
कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध आरजीबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताहरूको चाहाना अनुरुप कोका–कोलाले नयाँ पेय पदार्थ बोतल र प्याकेजहरु उपलब्ध गराउँदै आइरहेको छ ।
आरजीबी रियुजेबल बोतलहरु वातावरण मैत्री हुने भएकाले यसलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ ।नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नयाँ बोतलको लन्चमा नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, “सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउनु पाउँदा हामी एकदमै हर्षित छौँ । नयाँ बोतलको लन्चले उपभोक्ताहरुलाई आफ्नो मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उद्येश्य मात्र नभइकन दिगो प्याकेजिंग प्रदान गर्नु पनि कम्पनी को मिसन रहेको छ । हामी आशा गर्दछौँ कि उपभोक्ताहरुले आफ्नोे मनपर्ने पेय पदार्थको पूर्ण रुपमा मज्जा लिने छन् ।”
बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, “किफायतीे मूल्य बाहेक हामी हाम्रा उपभोक्ताहरुको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध छौँ । र यो नेपाली उपभोक्ताहरुको लागि निकै विशेष रहेने छ किनकि यसमा कोका–कोलाको लोगो नेपाली भाषामा छापिएको छ । २५ रुपैँयामा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले काठमाडौँ भरका किराना पसलहरुमा उपलब्ध रहेको छ र हामी हाम्रा उपभोक्ताहरुलाई यसलाई सेवन गर्नु होस् भन्न चाहन्छौँ ।
नयाँ उत्पादनको सुरुवात कोका–कोलाका चलिरहेको अपलिट क्याम्पेनको हिस्सा हो जुन “दिउँसै झप झप, कोकले अप” ट्यागलाइनको साथ आउँछ जसले युवा उपभोक्ताहरुलाई दिउँसो ब्रेकको दौरानमा कोक पीएर उर्जा प्रदान गर्न र अपलिफ्टेड हुन प्रेरित गर्दछ ।


