म्यारियट होटेल दोस्रो वर्षमा, वार्षिकोत्सव विशेष १२ हजार ११ रुपैयाँमा प्याकेज अफर |
काठमाडौं । म्यारियट होटेलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । काठमाडौंको नक्सालमा रहेको म्यारियट होटेलले अप्रिल १८ मा आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको हो ।
होटलका जनरल म्यानेजर फाबियन मार्टिनेजले कोरोना महामारीको अवस्थामा पनि स्वास्थ्य मापदण्डको कडाइका साथ लागु गरी सुरक्षित रुपमा ग्राहकलाई सेवा दिएको बताए ।
होटेलले फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरूको साथ नयाँ व्यञ्जनहरू पस्किँदै आइरहेको जनाएको छ । होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ ।
होटेलले आफ्नो वार्षिकोत्सवको अवसर पारेर अप्रिल महिनाभरीका लागि १२ हजार ११ रुपैयाँमा प्याकेज अफर पनि ल्याएको छ ।


