आज शनिबार केहि स्थानमा चट्टयाङ्ग, हावाहुरी र असिना सहित वर्षा हुने |
काठमाडौं । शनिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमहाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केहि स्थानहरुमा, तराईका थोरै स्थानहरुमा मेघगर्जन सहित पानी पर्ने महाशाखाले जानकारी दिएको छ । त्यस्तै, केहि स्थानमा चट्टयाङ्ग,हावाहुरी रअसिना सहित क्षणिक वर्षा हुने छ ।
शनिबार साँझ देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग, हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
भोलि आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू(भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आइतबार बेलुका भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, वागमती, गण्डकी र सूदरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकि भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी रअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेकोहुनाले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।
Visited 1 times, 1 visit(s) today


