काठमाडौं म्यारियट होटलको नयाँ पूर्वी मेडिटेरियन रेस्टुरेन्ट–ताहिना टेरेस |
काठमाडौं । काठमाडौं म्यारियट होटलले नयाँ पूर्वी मेडिटेरियन रेस्टुरेन्ट ‘ताहिना टेरेस’ संचालनमा ल्याउने भएको छ । यसको फ्यासनेबल सेटिंग्स लाइब्ली इनर्जीको साथ चर्चा गर्दै ताहिना टेरेसले आराम दायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्ने जनाइएको छ ।
क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथ ताजा बेक्ड मानकिश र अठेन्टिक अरबिक ग्रील यसको विशेषता रहेको जनाइएको छ । ताहिना टेरेसबाट सूर्यास्त देख्न सकिने होेटेलले जनाएको छ ।
ताहिना टेरेस सार्वजनिक रुपमा अप्रिल १३ देखि खुल्ने जनाइएको छ ।


