नयाँ वर्षमा सानिमा बैंकको ‘नयाँ रहर, नयाँ अफर’ योजना |
काठमाण्डौ । नयाँ वर्ष २०७८ का अवसरमा सानिमा बैंकले ग्राहकका लागि ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको छ ।
अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो । यो योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजना यही चैत २९ देखि आउँदो वैशाख ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट डिजिटल बैंकिङ विभागका निरजराज श्रेष्ठ र दराज केयमु प्रालिका तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका छन्। सानिमा बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेबसाइटमा गई आवेदन दिन सकिन्छ ।
सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटिएम सञ्चालनमा रहेका छन्। सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।


