केन्ट आरओको नयाँ वर्ष अफरः डियो डीएलएक्स मोडलको स्कुटर जित्ने यस्तो छ मौका |
काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी अन्तर्गतको ई.ओ.एल.ले नयाँ वर्षलाई लक्षित गरी योजना सार्वजनिक गरेको छ ।
केन्टले “स्वच्छ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि; यो नव वर्ष मनाऔँ केन्ट आरओसँग सहर्ष” भन्ने नारासहित अफर ल्याएको छ ।
जसअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा हरेक महिना एउटा एल.जी.को कन्भेन्सन माइक्रोवेभ ओभन, एल.जी.को रेफ्रिजेरेटर, एल.जी.कै एल.ई.डी. टी.भी.र तीन वटा गोदरेज भाइरोशिल्ड जित्न सकिने कम्पनीले जनाएको छ । साथै अन्तिमको बम्पर लक्की ड्रमा होन्डा डियो डी.एल.एक्स. मोडलको स्कुटर जित्ने मौका पनि रहेको कम्पनीले जनाएको छ ।
२०७७ चैत ८ गते यता कुनै पनि केन्ट आर.ओ. खरिद गर्ने ग्राहकहरूले मासिक भाग्यशाली ड्र र बम्पर लक्की ड्रमा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।


