धनगढी त्रिनगर कृषि उपज हाटबजारमा माछापुच्छ्रे बैङ्कको क्यूआर सेवा |
काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैङ्कले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ ।
मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्यूआर कोड सेवा सुरु भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैङ्कको मोबाइल बैंकिङ्ग एप्लिकेशन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकको खातामा भुक्तानी गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका निर्देशक सुभाष चन्द्र घिमिरेले काठमाडौं बाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैङ्कले सुरु गरेको क्यूआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताए ।
उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैङ्कका नायव महाप्रबन्धकसर्जु कुमार थापाले माछापुच्छ्रे बैङ्क देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सुभाष चन्द्र घिमिरेले गोलभेडा तथा टपरी किनेर क्यूआर कोड मार्फत उक्त सामानको रकम भुक्तानी गरि क्यूआर कोड सेवाको शुभारम्भ गरे । सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैङ्कको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।


