कोहलपुरमा पनि म्याक परिवार, दुर्गा मोटो पार्ट्सको स्तरोन्नती |
कोहलपुर । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस् नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र टीएल ट्रेड सप्लायर्सको संयुक्त आयोजनामा कोहलपुरमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
म्याक परिवारको मुख्य उद्देश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्सहरुलाई एउटै परिवारमा बाधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ ।
जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक बीमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस बाहेक अन्य सुविधाहरु, व्यवसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर(बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् ।
यसको साथै कोहलपुरमा रहेको दुर्गा मोटो पार्ट्सलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ । म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन ।
जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरि मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ । उक्त वर्कशपमा ग्राहकहरुले कुनैपनि ब्रान्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सकिन्छ । यस वर्कशपले बिभिन्न ब्रान्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउँदै आइरहेको छ ।
म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा फेब्रुअरी २०२१को आन्तिमसम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टमा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस्हरुमा १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।


