२२ प्रतिशतले बढ्यो नेरुडे लघुवित्तको नाफा |
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ प्रतिशतले खुद नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ७ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २०.६८ प्रतिशत धेरै हो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा उसको खुद नाफामा सुधार भएको हो । त्यस्तै लघुवित्तले सम्भावित जोखिमबापत कम रकम छुट्याउदा पनि उसको नाफा बढ्न सहयोग पुगेको देखिन्छ ।
यस अवधिमा लघुवित्तले २४ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यत वर्षको यसै अवधिमा उसले २२ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, अन्य सञ्चालन आम्दानी पनि ९ करोडबाट बढेर २० करोड रुपैयाँ पुगेको छ ।
लघुवित्तको निक्षेप संकलन २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी ४५ करोड ७२ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तको खराब कर्जा भने ह्वातै बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २.१० प्रतिशत रहेको खराब कर्जा बढेर ४.२७ प्रतिशत पुगेको छ । लघुवित्तले आगामी दिनमा खराब कर्जा नियन्त्रणमा भने ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४३ पैसाबाट बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेका छ भने प्रतिशेयर नेटपर्थ २४८ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात ३७.८३ गुणा रहेको छ ।


