नेपाल बैंकबाट सञ्चय कोषको कर्जा तिर्ने सुविधा सुरु |
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ ।
नेपाल बैंक लिमिटेडका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत यो सुविधा लिन सकिने बैंकले जनाएको छ ।
यस बैंकमार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आइरहेकोमा अव उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ ।


