काठमाडौंको गैरीधारामा ग्यालेक्सी क्याफेको चौथो शाखा |
काठमाडौं । काठमाडौंको गैरीधारामा ग्यालेक्सी क्याफेले आफ्नो चौथो शाखा विस्तार गरेको छ । एक करोडका लगानीमा मोहन जैसी लगायतका ६ जना युवाहरुको समूहले ग्यालेक्सी क्याफे संचालनमा ल्याएका हुन ।
यस अघि सो क्याफे कैलालीको टीकापुर, धनगढी र रुपन्देहीको बुटवलमा स्थापना भएको थियो ।
क्याफेमा इन्डियन, इटालियन, थाइ, चाइनिज लगायतका परिकारहरु पाइन्छ। क्याफेको मुख्य आकर्षक भनेको फापरको म:म र माछाको म:म रहेको सिइओ मोन जैसीले बताए ।
क्याफेमा अरविक देशहरुमा पाइने सारवार्मा पनि पाइन्छ । कुखुराको मासुलाई ग्रिल गरेर रोटी जस्तै बनाइ रोल गरेर खाने परिकारलाई सारवार्मा भनिन्छ ।
कोरोनाले सबै व्यवसाय बन्द भइरहेको अवस्थामा गैरीधारामा ग्यालेक्सी क्याफे संचालनमा आएको हो ।


