दश कम्पनी विभागको कारबाहीमा |
काठमाडौं । उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध काम कारबाही गर्ने १० कम्पनी कारबाहीमा परेका छन् । दैनिक बजार अनुगमनका क्रममा वदमासी गरेको फेला पारेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा संचालित १० कम्पनीलाई कारबाही गरेको हो ।
काठमाडौं नगरपालिका ६ स्थित जय भोले ट्रेडर्स, कामनपा ३२ को फेशन प्लानेट, जाभा फेशन प्लानेट र साहारा कलेक्सनलाई विभागले कारबाही गरेको छ । त्यस्तै, कामनपा ८ को रोयल इन्टरनेशनल, रन्त चुडेहार डोर, कामनपा ३० को मंगल डेकोर, श्रेहा फर्निचर, स्तुपा डेकोर र कामनपा ३१ को श्री के के इन्टरप्राइजेज विभागको कारबाहीमा परेका छन् ।
यी कम्पनीहरुबाट विभागले कुल १ लाख ३५ हजार रुपैयाँ जरिवाना असुलउपर गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को विरुद्ध काम कारबाही गरिएकाले उक्त फर्महरुमा कारबाही गरिएको विभागले जनाएको छ ।



