सफ्ट्वेरिका कलेजले सुरू गर्योष इनोभेसन हब, उत्कृष्ट परियोजनालाई पाँच लाख अनुदान |
काठमाडौं । बेलायतको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलजे अफ आइटी एन्ड ई-कमर्सले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ ।
कलेजको पढाइ सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन् भनेर इनोभेसन हबको परिकल्पना गरिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने श्रेष्ठले बताए ।
इनोभेसन हबमा कम्प्युटर, थ्रीडी प्रिन्टर, सेन्सर, रोबटिक्स उपकरण, ड्रोन, लेगोसलगायत परियोजनाको आवश्यकता अनुसारको उपकरण सुविधा भएको कलेज प्रमुख प्रमोद पौडेलले बताए ।


