संवैधानिक परिषदसम्बहन्धी अध्यादेश जारी, पार्टीमा झनै मुठभेडकाे संकेत |
आइतबार र मंगलबार डाकिएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्री अाेलीले अध्यादेश ल्याउन मन्त्री परिषदकाे बैठक डाकेका थिए । सभामुख अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक अघि बढ्न सकेको थिएन। पार्टी भित्रकाे बिवादकै कारण सभामुख अनुपस्थित भएकाे निष्कर्श सहित सरकारले कडा कदम चालेकाे छ । सरकारकाे कदमप्रति नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहालले बिराेध जनाएका छन् भने काँग्रेस पनि असन्तुष्ट बनेकाे छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्।


