५० करोडको लागतमा जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन नौ वर्षमा तयार |
जनकपुरधाम । जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण पूरा भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो ।
नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले बताए ।
उनका अनुसार विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको छ ।
रु ५० करोडको लागतमा यो नयाँ टर्मिनल भवन निर्माण गरिएको हो ।


