कुमारी बैंक र होटेल सांग्रिलाबीच छुटसम्बन्धी सम्झौता |
काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित होटेल सांग्रिलाबीच ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा होटल सांग्रिलाका तर्फबाट सेल्स तथा मार्केटिङ्ग निर्देशकसांगे तेञ्जिङ्ग लामाले हस्ताक्षर गरे ।
सहकार्यपछि बैंकका ग्राहकले उक्त होटेल अन्तर्गतका विभिन्न रेष्टुरेन्ट तथा आउटलेटहरुमा खाँदा १५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
कुमारी बैंकको देशभर १८६ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टर छन् ।



