सिभिल बैंकको दशौंं वार्षिकोत्सव ː टुंडिखेलमा निːशुल्क १० छाक भोजन, कर्मचारी प्लाज्मा दान गर्न तयार |
काठमाडौं । सिभिल बैंक आज १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन” सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरेको छ ।

बैंकले कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुवाट प्रतिवद्दता जनाएका छन् ।
बैंकले “हाम्रो टिम नेपाल”सँग सहकार्य गरी कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निːशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजन पनि गरेको छ । बैंकले मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको छ ।

१०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेबिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए ।

बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छा राज तामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण ग्राहकहरु, नियमनकारी निकाय, पत्रकार∕मिडियाकर्मी, शेयरधनी तथा प्रबद्र्धक मित्रहरु तथा अन्य सम्पूर्ण शुभचिन्तकहरु प्रति हार्दिक धन्यवाद दिए ।
Visited 1 times, 1 visit(s) today


