महासंघको निर्वाचन रोक्न भन्दै शिवशंकर शाहले गरे सिडियो कार्यालयमा उजुरी दर्ता |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन गैर कानुनी भएको भन्दै त्यसलाई स्थगन माग गर्दै जिल्ला प्रशाशन कार्यालय काठमाण्डौमा निवेदन दर्ता भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर दुईका अध्यक्ष शिवशंकर शाहले उक्त निवेदन दर्ता गराएका हुन् ।
दर्ता भएको निवेदनको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् सचिवालय र गृह मन्त्रालयलाई समेत दिएका छन् ।
उनले राष्ट्रिय निर्देशन ऐन २०१८ अर्नतरगत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय अवैधानिक हुने भएकोले आगामी निर्बाचन समेत अवैधानिक भन्दै उनले निबेदन दर्ता गरेका छन् । उक्त एन मार्फत दर्ता भएको संस्थामा प्रतिनिधिहरूको पदावधि सकिएपछि निर्वाचन हुने बेलासम्म तदर्थ समिति गठन गरी काम अघि बढाइदिन भन्दै उनले सरकार गुहारेका छन् ।
उनले निवेदनमा सदस्यहरूको सदस्यता नवीकरण नगरिएको,प्रदेश र जिल्लाको निर्वाचन नगरिएको लगायतका आरोप लगाएका छन् ।




