ओपोद्वारा नोवेम्बर १७मा ओपो ईन्नो डे २०२०को आयोजना गर्ने | तीन नयाँ उत्पादनहरु सार्वजनिक गरिने
यस बर्ष सो अवधारणालाई परिस्कृत गर्दै इन्टरनेट अफ एक्स्पेरियन्सका रुपमा प्रस्तुत गर्ने ओपोको उद्देश्य रहेको छ । इन्टेलिजेन्ट कनेक्टिभिटी जग मात्र भएको र साधारण जडान भन्दा बृहत्त बस्तुहरुको अभिसरण (कम्भर्जेन्स अफ थिंग्स) अर्थात्, इन्टरनेट अफ एक्स्पेरियन्स भविष्य हुन ओपोको विश्वास छ ।
स्मार्टवाट्च, फाइभजी सीपीई र एआर ग्लासेज लगायत विभिन्न ग्याजेटहरुको प्रदर्शनी फ्ल्याश चार्जिङ, फाइभजी , इमेजिङ र सफ्टवेयर अनुकुलन लगायत क्षेत्रमा रोमाञ्चक नवप्रबर्तनात्मक सफलताका साथ प्रदर्शनीमा आइसकेका छन् । यस बर्ष थप नवप्रबर्तनात्मक प्रविधिहरु प्रदर्शित गरिने कम्पनीले जानकारी दिएको छ ।
