अमेरिकामा एकैदिन १.३६ लाख कोरोना संक्रमित थपिए, न्यूयोर्कमा पुनː प्रतिबन्ध |
अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या फेरि तीब्र गतीमा बढन् थालेको छ । बुधबार संक्रमितको संख्यामा नयाँ रेकर्ड स्थापित भएको छ । यहाँ एकैदिन एक लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, चीनमा केही दिनको राहतपछि बिहिबार पुनः १५ नयाँ संक्रमित भेटिएका छन् ।
अमेरिकामा एकैदिन १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । यहाँ कूल बिरामीको संख्या केही दिन अघि मात्रै एक करोड पार गरेको थियो । यहाँ पछिल्लो १० दिनदेखि हरेक दिन एक लाख बढी संक्रमित थपिने गरेका छन् ।
यसैबीच न्यूयोर्कका गर्भनर एन्ड्रू कूमोले राज्यमा नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । कूमोले भने, ‘यसो नगरी हामी संक्रमणलाई कम गर्न सक्दैनौं । अब यहाँ नीजि पार्टी गर्न मनाहि छ । व्यापारको लागि पनि नयाँ दिशानिर्देश जारी गर्न सकिनेछ । ’
न्यूयोर्कमा मात्रै बुधवार १,६२८ संक्रमित भेटिए भने २१ जनाको मृत्यु भयो ।
Visited 1 times, 1 visit(s) today


