सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा ‘क्यारियर विकास’ तालिम सम्पन्न |
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारी लगायत अभिकर्ताहरुको लागी जूम एपमार्फत ‘क्यारियर विकास र एम्.डी.आर.टी’ तालिम सम्पन्न गरेको छ ।
सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ४०० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।
कार्यक्रमको शुरुवातमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यूले यस तालिमको आवश्यक्ता, एजेन्सी क्यारियर तथा शोका फाइदा आदिका बारेमा प्रकाश पारे । यसका साथै उनले यस तालिमबाट पुरा लाभ लिन सिटिजन लिडरहरुलाइ प्रेरित गर्नु भएको थियो ।
उक्त कार्यक्रमका मुख्य तथा अन्तराष्ट्रिय प्रशिक्षक श्री बिजय कुमार झाले अभिकर्ताहरुहरूले सामना गरिरहेका चुनौतीहरू, तीनका समाधान, नयाँ अन्तरदृष्टि र कोभिड महामारीको स्थितिमा व्यवसाय गर्ने तरिकाहरूका साथै ‘एम.डी.आर.टी’ लक्ष्य सजिलै हासिल गर्ने तरिका, योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हुन पर्ने गुणहरुका बारे प्रकाश पार्नु भएको थियो ।
व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको अत्यन्तै राम्रो संलग्नता रहेको थियो । तीन घण्टाको कार्यक्रम अत्याधिक ज्ञानवद्र्धक, मनोरञ्जनात्मक तथा प्रभावकारी रहेको थियो ।
समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउदै ‘एम.डी.आर.टी’ जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पु¥याउने बताए । ठूलो सपना देख्नु आवश्यक छ र सपना प्राप्त गर्न कौशलता अत्यन्तै जरुरी छ जुन यस्ता तालिम बाट प्राप्त हुन्छ भन्ने उहाँको भनाइ थियो ।
उनले आगामी दिनहरुमा पनि थप उर्जाका साथ काम गरी व्यवसायिक लक्ष्य हासिल गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे र कम्पनीले नियमित रुपमा यस प्रकारको तालिम गर्दै जाने समेत बताए ।


